२०८३ असार २ गते मङ्गलवार

मञ्चले दाङमा मास्क बैंक स्थापना गर्यो


अमर भण्डारी,
घोराही, भदौ २५ । वीपी कोइराला युवा नेतृत्व विकास मञ्च दाङले जिल्लामा मास्क बैंक स्थापना गरेको छ । उस्ले स्थापना गरेको अभियान जिल्लाका दश वटै स्थानीय तहमा एकै साथ स्थापना गरेको छ । नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको १०७ औं जन्म जयन्तीको अवसर पारेर मञ्चले विहीवार घोराहीमा मास्क बंैक स्थापना गरेको हो । कोरोना संक्रमण रोकथाम तथा सर्वसाधारण नागरिकलाई रोगबाट बचाउन सहयोग पुगोस भन्ने उदेश्य राखेर मञ्चले मास्क बंैक स्थापना गरेको मञ्चका जिल्ला अध्यक्ष सरोज शाहले जानकारी दिए ।

‘भएकाले दिएर जानुहोस,नभएकाले लिएर जानुहोस भन्ने मुख्य नाराका मञ्चले यो अभियान सुरु गरेको हो,’ अध्यक्ष शाहले भने ‘ हाम्रो उदेश्यले सर्वसाधारणलाई कोरोनावाट बचाउने उपाएको खोजी गर्नु हो ।’ मञ्च दाङका अध्यक्ष सरोज शाहको अध्यक्षता तथा नेपाली काँग्रेस दाङका पूर्व सभापति वीरकेश्वरी गौतमको प्रमुख आतिथ्यता र प्रदेशसभा सदस्य अर्जुनकुमार श्रेष्ठ अनि संविधानसभा सदस्य राजु खनालको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रमका बक्ताहरुले कोरोना भाइरसको महामारीको समयमा विपन्न वर्गलाई लक्षित गरेर मञ्चले थालेको अभियान प्रशंसनिय रहेको भन्दै सहयोग गर्न सबैलाई आह्वान गरेका छन् । घोराहीस्थित वीपीको सालिकमा माल्यार्पण गर्दै प्रमुख अतिथि गौतमले वीपीको नीति,विचार र सिद्धान्त ह्रास हुँदै आएको समयमा युवाहरुको प्रयास निकै सकारात्मक भएको तर्क गरे । ‘वीपीको नीति,विचार र सिद्धान्त अझैपनि उत्तिकै सान्दर्भिक छ’– गौतमले भने–‘यसलाई युवा पंक्तिमा लगेर कांग्रेसलाई चलाएमान बनाउन मञ्चले पुलको काम गर्नुपर्छ।’
साथै उनले कोरोना संक्रमणको जोखिमबाट बचेर काम गर्न समेत सवैलाई आग्रह गरेका थिए ।

कार्यक्रममा मञ्चका अध्यक्ष सरोज शाहले अभियानलाई जिल्लाका दश वटै पालिकास्तरमा पु¥याउने उदेश्य रहेको बताए । युवाहरुलाई हरेक क्षेत्रको नेतृत्वदायी भूमिकामा ल्याउनका लागि मञ्च गठन भएको भन्दै शाहले सोही अनुसार आफुहरु अगाडि बढ्ने स्पष्ट पारे । वीपीको सालिकमा माल्यार्पण गर्नुअघि मञ्च दाङका सदस्य निरज गिरीको नेतृत्वमा सालिक परिसर सरसफाई गरिएको थियो ।

त्यसक्रममा नेपाल विद्यार्थी संघ महेन्द्र बहुमुखी क्याम्पस इकाई समितिले मञ्चको अभियानमा एक हजार थान मेडिकल मास्क हस्तान्तरण गरेको छ । संविधानसभा सदस्य राजु खनाल, घोराही–१५ का वडा अध्यक्ष रमेश पाण्डेय, नेपाली कांग्रेस क्षेत्र नं. २ का सभापति भूपबहादुर डाँगी, पार्टीको निर्वाचन क्षेत्र नं. २ (क) का क्षेत्रीय सभापति गिरिराज सुवेदी,क्षेत्रीय सचिव बद्री खड्कालगायतले मञ्चलाई उक्त सहयोग प्रदान गरेका थिए ।

प्रकाशित मिति : २०७७ भाद्र २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *