२०७८ बैशाख २५ गते शनिवार

घोराहीको तालमा डुवेर बेपत्ता युवाको खोजी गर्न गोताखोर आउँदै

               तस्विर – विपुल पोखरेलको सामाजिक सञ्जालवाट

तुलसीपुर , भदौ २२ ।  घोराहीमा निर्मित कृत्तिम जलासयमा डुवेर बेपत्ता भएका युवाको खोजी गर्न गोताखोर आउन लागेका छन् ।

आइतवार दिउँसो घोराही उपमहानगरपालिका वडा नं। ४ भकारेमा निर्मित कमिरे ड्याममा पौडी खेल्न भनि पसेका स्थानीय २३ बर्षीय गोपाल विक डुवेर बेपत्ता भएपछि उनको खोजीको लागि गोताखोर बोलाइएको हो ।

स्थानीय र प्रहरीका जवानले ती बेपत्ता युवाको खोजी आइतवार दिनभर गरेपनि फेला पार्न नसकेपछि गोताखोर बोलाइएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले बाँकेको समशेरगञ्जस्थित सशस्त्र प्रहरीका गोताखोर त्यहाँवाट हिडिसकेको र उनीहरु अवको केही बेरमै घोराही आइपुग्ने जानकारी दिए ।

कमिरे ड्याममा गहिराई २५ मिटरसम्म गहिरो रहेको अनुमान गरिएको छ ।

आइतवार दिउँसो दूई बजेतिर पाँच जना साथीहरु पोखरीमा पौडिखेल्न भनि पसेको थिए ।

अन्य चारजना सकुशल रहेपनि विक भने डुवेर बेपत्ता भएको प्रहरीले बताएको छ ।

 

 

प्रकाशित मिति : २०७७ भाद्र २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *