२०८१ बैशाख ७ गते शुक्रवार

भारतको गणतन्त्र दिवसमा रामाफोसा प्रमुख अतिथि

नयाँ दिल्ली, मङ्सिर १६ ।  भारतको गणतन्त्र दिवसका अवसरमा आयोजना गरिने विशेष समारोहको प्रमुख अतिथि दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा बन्नुहुने भएको छ । आउँदो जनवरी २६ तारिखका दिन हुने ७०औं गणतन्त्र दिवस समारोहका प्रमुख अतिथि रामाफोसा हुने प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटर मार्फत् जानकारी दिनुभयो ।

मोदीले रामाफोसालाई औद्योगिक राष्ट्रहरुको समूह जी–२० शिखर सम्मेलनका क्रममा भेटेर प्रमुख अतिथिका रुपमा उपस्थित भइदिन अनुरोध गर्नु भएको बताइएको छ । दक्षिण अफ्रिकासँग महात्मा गान्धीको विशेष र नजिकको सम्बन्ध भएकाले त्यही देशका राष्ट्रपतिलाई प्रमुख अतिथि बनाउन लागेको मोदीले बताउनुभएको छ ।

भारतमा राष्ट्रपिताका रुपमा सम्मान गरिने गान्धीले सन् १८९३ देखि १९१४ सम्म दक्षिण अफ्रिकामा बिताउनुभएको थियो । त्यहाँ उहाँले अधिवक्ताको रुपमा काम गर्नुभएको थियो ।

भारतमा भएको अहिंसा आन्दोलनको योजना गान्धीले दक्षिण अफ्रिकामै बनाउनुभएको थियो । काला जातिका मानिसलाई गोरा जातिका मानिसले गरेको भेदभावबाट रुष्ट भएर उहाँले भारतमा अङ्ग्रेज शासनविरुद्ध अहिंसात्मक आन्दोलन सुरु गर्नु भएको बताइन्छ ।

भारतले अर्को बर्ष गान्धीको १५०आँै जन्मजयन्ती मनाउन लागेको छ ।

यसअघि भारतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गणतन्त्र दिवस समारोहमा प्रमुख अतिथिका लागि आमन्त्रण गरेपनि समय अभाव जनाउँदै उहाँले उक्त समारोहमा उपस्थित हुन नसक्ने बताउनुभएको थियो । एजेन्सी

प्रकाशित मिति : २०७५ मङ्सिर १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *