२०८१ बैशाख ६ गते बिहिवार

दुर्व्यवहार प्रति शान्ति समाजको विरोध प्रदर्शन


तुलसीपुर, भदौ १३ । कोभिड १९ महामारीको वेला अग्रपंतीमा खटिनेहरुलाई देशका बिभिन्न ठाउमा गरेको दर्व्यवहारका विरुद् मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले आज दाङमा पनि प्रदर्शन गरेको छ । कोभिडलाई प्रहास्त गर्नको लागि अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी सुरक्षाकर्मी संचारकर्मीलाई विविन्न आरोप लगाई देशका विभिन्न ठाउमा दुर्व्यवहार गरेको पाइएको छ । त्यसका विरुद् शान्ति समाजले देशव्यापी रुपमा आन्दोलन सुरु गरको हो ।

त्यस्तै कोभिडवाट संक्रमित व्यक्ती र उसका परिवारलाई पनि समुदायमा दुर्व्यवहार गर्ने गरेकोले पनि यि यस्ता गतिविधी गर्नु हुदैन भनेर सचेतना दिइने उदेश्यले प्रदर्शन कार्यक्रम आयोजना गरिएको मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय महासचिव सुशिल बस्नेतले जानकारी दिए । मानव अधिकार तथा शान्ति समाजका कार्यवहाक सभापती तुलसीराम सुनारको अध्यक्षतामा सम्पन्न प्रदर्शनमा महासचिव बस्नेतले महामारीको अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मीलाई, विविन्न आरोप लगाई देशका विभिन्न ठाउमा दुर्व्यवहार गरेको प्रति दुःख व्यक्त गरेका छन ।

यसै गरी सुशासन समितिका विभागिय संयोजक निर्मल नेपालीले पनि भैरहेको दुर्व्यवहार प्रति असन्तुष्टि जनाएका थिए । यसै गरी कार्यक्रमको धन्यवाद ज्ञापन मानव अधिकार तथा शान्ति समाज दाङ शाखाका कोषाध्यक्ष अमृत काजी शर्माले गरेका थिए भने कार्यक्रमको सहजिकरण सहसचिव उषा गौतमले गरेकी थिइन।

प्रकाशित मिति : २०७७ भाद्र १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *