२०७७ कार्तिक १५ गते शनिवार

सल्यानमा एड्सबाट आठको मृत्यु

सल्यान, मङ्सिर १६। एचआइभी एड्सका कारण सल्यानमा आठ जनाको मृत्यु भएको छ । विसं २०६८ देखि हालसम्म सङ्क्रमित आठ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा २० देखि ६० वर्ष उमेरका छन् । अहिले जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या ३० रहेको सो क्षेत्रमा काम गर्दै आएको संस्था शारदा प्लसले जनाएको छ । जसमध्ये १२ जना बालबालिका रहेका छन् । सङ्क्रमित बालबालिकामध्ये पाँच जना काठमाडौँका बेवी केयर होममा रहेका प्लसका टोलीनेता थमन विष्टले जानकारी दिए ।
जसमध्ये सात जना बालबालिका जिल्लाबाहिर रहेका र बाँकी १८ जनाले भने जिल्ला अस्पतालबाट एआरटी सेवा लिइरहेका उनले जानकारी दिए ।

जिल्ला अस्पतालबाट एआरटी सेवा लिइरहेका १८ मा १० महिला र आठ पुरुष छन् ।  सङ्क्रमित पनि अरू व्यक्तिसरह नै विभिन्न व्यवसाय गर्दै आएका छन् । “एचआइभी सङ्क्रमितमध्ये दुई जनाले अटो व्यवसाय गरिरहेका छन्, अरू पनि आ–आफनै व्यवसाय सञ्चालन गरिरहेका छन्”, विष्टले भने, “पहिले सङ्क्रमितहरु बाहिर खुलेर आउन चाहँदैनथे, तर अहिले सजिलो भएको छ ।”  रासस

प्रकाशित मिति : २०७५ मङ्सिर १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *