२०८० चैत्र १५ गते बिहिवार

नेपाल तरुन दलले रामपुरमा युवालाई खेलकुद सामाग्री बाँड्यो

हेमराज शर्मा,
घोराही, भदौ ३ । नेपाल तरुण दल घोराही उपमहानगरपालिका वडा नं २ रामपुरले स्थानीय युवालाई खेलकुद सामाग्री बितरण गरेको छ ।
तरुल दलले घोराही उपमहानगरपालिका वडा नं २ का बालापुर, निमुरिया, सुर्केडाँगी, कालीमाटी टोलका युवाहरुलाई फूटवल, भलिवल, नेट, फुटवल पोल लगायतका खेलकुद सामाग्री बितरण गरेको हो ।

युवालाई फुर्सदको समयमा खेल कुदमा अभस्यत गराउनका लागि खेलकुद सामाग्री बिरतण गरिएको नेपाल तरुण दल घोराही उमहानगरपालिका वडा नं. २ का अध्यक्ष बिष्णुबहादुर घर्तीले जानकारी दिए । बिभिन्न स्थानीय सहयोगीहरुबाट सहयोग स्वरुप प्राप्त रकम मध्ये करिव ७५ हजार रुपैंया बराबरको खेलकुद सामाग्री बितरण गरिएको घर्तीले बताए ।

घोराही उपमहानगरपालिका वडा नं २ लाई खेल कुदमय वडा बनाउने योजनाका साथ तरुण दलले युवालाई एकीकृत गर्दै लगेको घर्तीले तर्क गरे । आफू खेलाडी भएका कारण खेलका माध्यमबाट युवाहरुलाई अनुशासन, सहयोगी र सक्रिय रुपमा अघी बढाउने सकिने भएको हुदा तरुण दलले पनि सोही योजन अनुसार काम गरिरहेको तरुण दलले जनाएको छ । तरुण दलले वडाका बाँकी अरु टोलका युवालाई छिट्टै खेलकुद सामाग्री बिरतण गरिने अध्यक्ष घर्तीले बताए ।

प्रकाशित मिति : २०७७ भाद्र ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *