२०७८ जेष्ठ ४ गते मङ्गलवार

लकडाउनले युरिया मलको अभाव

यमकला भुसाल,तुलसीपुर,साउन ३१ । दाङमा युरिया मलको अभाव भएको छ ।

यस वर्ष समयमै वर्षा हुदाँ जिल्लाका किसानले समयमै रोपाई सम्पन्न गरे पनि अहिले धानमा राख्ने युरिया मलको अभाव हुदाँ किसानहरु मर्कामा परेको बताउँछन ।

धान रोपेको २० देखि २५ दिनभित्र युरिया मल हाल्नुपर्ने भए पनि बजारमा मल नपाउँदा किसानहरु चिन्तित बनेका हुन ।

तुलसीपुर ७ का किसान खड्क विकले यसवर्ष समयमा पानी परेर छिट्ै रोपाई गरे पनि अहिले युरिया मल नपाउँदा धान उत्पादनमा कमी आउने भन्दै चिन्ता व्यक्त गरे ।

उनले भने,–गत वर्ष भन्दा यस वर्ष धान उत्पादनमा बृद्धि होला भन्ने सोचेको थिए,तर धानमा राख्ने मल नपाउँदा धान नै नहुनेको होकि भन्ने चिन्ता बढेको छ ।

धान रोपेको २० देखि २५ दिनभित्र मल हाल्नु पर्छ,सोही ठाउँका अर्का किसान उमेश शर्माले भने,–तर अहिले त महिना नै बित्न थाल्यो,मल नपाउँदा धान पहेँलै हुन थालिसक्यो ।

रोप्ने बेला पनि युरिया मल नपाएर डिएपी मात्र राखेको र अहिले युरिया मल बजारमा महँगो मूल्य हालेर किन्न खोज्दा समेत नपाएको गुनासो गरे ।

उनले किसानका समस्यालाई सरकारले वेवास्ता गरेको भन्दै आक्रोस समेत पोखे । यी त उदाहरणका पात्र मात्र हुन अहिले जिल्लाका सयौँ किसानहरु धानमा राख्ने मल नपाएर भौतारिरहेका छन ।

भदौको पहिलो साता मल आउँछ ः न्यौपाने
किसानहरु धानमा राख्ने युरिया मल नपाएर भौतारिरहेको अवस्थामा साल्ट ट्रेनिङ क्रपोरेशन लिमिटेड घोराही दाङका कार्यालय प्रमुख आन्नदकुमार न्यौपानेले भने भदौको पहिलो साता मात्र जिल्लामा युरिया मल आउने बताए ।

अहिले जिल्लाको तुलसीपुर,घोराही लमहीमा युरिया मलको अभाव छ,उनले भने,–किसानहरुले कहिले मल आउछ भन्दै दैनिक सयौँ जनाले फोन गर्नुहुन्छ तर लकडाउनले गर्दा बिदेशबाट मल नै आएको छैन ।

कार्यालयमा आएको केही मात्रमा युरिया वितरण गरि सक्यौ,बाँकी डिएपी र पोटास मल बितरण गरिरहेका छौँ,युरिया मल भने मौज्दात समेत छैन ।

केन्द्रले भारतको कोलकत्ता सम्म मल आइपुगेको जानकारी दिएको र भदौको पहिलो हप्तासम्म दाङमा पनि आइपुग्ने उनले बताए ।

साथै दाङमा कृषि सामग्री लिमिटेडले ७० प्रतिशत र साल्ट ट्रेडिङ लिमिटेडले ३० प्रतिशत अनुदानको मल वितरण गर्दै आएको बताँउछन ।

 

 

प्रकाशित मिति : २०७७ साउन ३१ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *