तुलसीपुर,साउन २५ । त्रिशिद्धेश्वरी मन्दिर तुलसीपुरमा आइतवार अर्थात साउन २५ गतेदेखि धार्मिक अनुष्ठानका कार्यक्रमहरु हाललाई रोकिएका छन् ।
कोरोना भाईरस संक्रमण रोकथाम र ब्यबस्थापनका लागि नेपाल सरकारले सार्वजनिक स्थल,धार्मिक स्थलहरु सञ्चालन नगर्न नगराउन गरेको निर्देशनलाई पालना गर्दै आईतबारदेखि पुनःबन्द गर्ने निर्णय गरिएको मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष देवराज धितालले जानकारी दिए ।
यसबाट सबैभन्दा साउनको सोमबार व्रत बस्ने र मन्दिरमा पुजा गर्नेलाई मर्कामा पर्ने देखिएको छ ।
कोभिड–१९ रोकथाम र ब्यबस्थापन भई पुर्बबत अबस्थामा आए पुन ः नियमित रुपमा धार्मिक अनुष्ठानका कार्यक्रम जारि रहने समितिका सहसचिब निर्मल नेपालीले जानकारी दिए ।
यसअघि गत चैत ११ गते सरकारले लकडाउन गरेदेखि बन्द रहेको त्रिशिदेश्वरी मन्दीर जिल्लामा लकडाउन खुकुलो भएदेखि सामाजिक दुरीलाई कायम र मास्क लगाई पुजा पाठ गर्ने ब्यबस्था मिलाएको थियो ।
अव भने धार्मिक कार्य पूर्ण रुपमा रोकिने मन्दीर ब्यबस्थापन समितिले जनाएको छ ।