२०८१ बैशाख ७ गते शुक्रवार

बिक्रमलाई बर्ष उदयमान प्रशिक्षक अवार्ड


दाङ,२२ साउन । रोल्पा आईटिएफ तेक्वान्दो संघका अध्यक्ष तथा प्रशिक्षक बिक्रम बाठामगर बर्ष उदयमान प्रशिक्षक अवार्डबाट सम्मानित भएका छन् । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले आफ्नो २३ औं बार्षिक उत्सवका अवसरमा विहिवार आज बाठामगरलाई बर्ष उदयमान प्रशिक्षक अवार्ड–२०१९ बाट सम्मान गरेको हो ।

आईटिएफ खेलकुद क्षेत्रको विकास र विस्तारका लागि महत्वपूर्ण योगदान पु¥याएको भन्दै महासंघले आफ्नो २३ औं वार्षिक उत्सवका अवसरमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइरालाले सम्मानपत्रसँगै दोसल्ला ओढाए सम्मान गरेका थिए ।
प्रदेश नं. ५ आईटिएफ तेक्वादो संघका उपाध्यक्ष समेत रहेका बाठामगर करिव डेढ दशकदेखि खेल क्षेत्रमा सक्रिय रुपमा लागेका छन् ।

रोल्पा परिवर्तन गाउँपालिका–२ रांङसीमा जन्मिएका उनी अहिले रोल्पा नगरपालिका वडा नं. ७ मा बस्दै आएका छन् । उनले लकडाउनको समयमा समेत आईटिएफ तेक्वान्दो खेलको विकासका लागि अनलाईनका माध्यमबाट विभिन्न प्रतियोगिताहरु समेत गर्दै आएका छन् । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले आफ्नो २३ औं उत्सव बुधवार र विहिवार दुई दिन विविध कार्यक्रम गरि काठमाडौंमा मनाएको हो ।

प्रकाशित मिति : २०७७ साउन २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *