२०८१ बैशाख ८ गते शनिवार

उरहरी स्वास्थ्य चौकीमा बार्षिक समिक्षा

उरहरी, साउन २१ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ को उरहरी स्वास्थ्य चौकी बेलटाकुरामा समिक्षा कार्यक्रम भएको छ ।बुधवार आयोजित वार्षिक समिक्षा तथा भावि कार्ययोजना निर्माण कार्यक्रमका बक्ताहरुले पछिल्लो चौकीले प्रदान गरेको सेवा तथा व्यबहार प्रति सर्वसाधारणले प्रशंसा गरेका छन् ।

तुलसीपुर ११ का वडाध्यक्ष तथा स्वास्थ्य चौकी ब्यबस्थापन समितिका अध्यक्ष चित्रबहादुर वलीको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख चित्र वलीले चौकीको सेवा विश्वसनिय बनाउन दिनरात चिन्तन मनन गर्दै आएको बताए ।‘तुलनात्मक रुपमा सेवाग्राहीको चाप बढीरहेको छ,’ उनले भने ‘हामीले पनि जागिर खान भन्दापनि सेवा भावले प्रस्तुत भएका छौं।’

पछिल्लो दूई बर्षको तथ्यांकको तुलना गर्दा स्वास्थ्य चौकिमा सेवा लिन आउने सेवाग्राहीहरुको संख्या झन्डै दोब्बरले बढेको वलीले बताए । आर्थिक वर्ष २०७४÷७५ मा सेवा क्षेत्रको कुल जन संख्याको मध्य ६ हजार ४ सय २ जना बिरामिहरुले उपचार सेवा लिएका थिए । त्यो भनेको ४१ प्रतिशत हो ।

त्यस्तै आर्थिक वर्ष २०७५÷७६ मा ६५ प्रतिसत अर्थात ६ हजार ४ सय ८७ बिरामिले सेवा लिएको स्वास्थ्य चौकीको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै पछिल्लो आर्थिक वर्ष २०७६÷७७ को तथ्यांक हेर्दा ७१ प्रतिशत अर्थात ७०६७ जना बिरामिले उपचार सेवा लिएको देखिएको जानकारी दिइएको छ ।

यो बाहेक अन्य खोप तथा सुत्केरी सेवा समेत लिएको स्वास्थ्य चौकी प्रमुख वलीले कार्यक्रममा जानकारी दिए ।
वलीले स्वास्थ्य चौकी प्रति स्थानीयको बिश्वास बढ्दै गएको दाबी गरे ।स्थानीय सरोकारवालासंगको सहकार्य राम्रो भएको, जनचेतनामूलक कार्यक्रमलाई तीव्रता दिएको तथा स्वास्थ्य चौकीको अहिलेको टिम स्प्रिट मिलेकाले पनि वलीले बताए ।स्वास्थ्य चौकिका एचएहरु यज्ञ केसी, शेरबहादुर बिसी लगायतले ल्याब लगायतका सेवाहरु थप गरिएको जानकारी दिए ।

कार्यक्रममा महिला अधिकारकर्मी शुष्मा गिरी, नेपाली काँग्रेसका प्रतिनिधि अर्जुनबहादुर केसी, नेकपाका प्रतिनिधि डिल्ली बस्नेत, राप्रपाका लिलाधर बस्नेत, समाजसेवी तिलकबहादुर बस्नेत, प्रहरी चौकी जसपुरका इन्चार्ज प्रहरी नायब निरीक्षक कृष्ण पुजारा, वडा सदस्यहरु सुबास डाँगी, निर्मा चौधरी, अमर मावि उरहरीका प्रतिनिधि पदम वली, आधारभूत विद्यालय कटाँहाका प्रधानाध्यापक लगाएतले मनतब्य व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०७७ साउन २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *