२०८१ माघ १२ गते शनिवार

ट्राफिक र प्रहरी मिलेर सडकमा गिट्टी हाले

पुष्पकमल डाँगी,तुलसीपुर,साउन १४ । सडकमा खाल्डा खुल्डी भएर दुर्घटनाको जोखिम बढेपछि ट्राफिक प्रहरी र प्रहरी मिलेर सडकका खाडल पुरेका छन् ।

अस्थायी प्रहरी चौकी गोटीखोला र अस्थायी ट्राफिक प्रहरी पोष्ट गोटीखोला मिलेर आसपासका खाडल पुरेका हुन । ट्राफिक प्रहरी जवान डिल्ली आचार्यका अनुसार बुधवार दूई टिप्पर बालुवा गिट्टी व्यवसायी संग सहयोग मागेर सडकका खाल्डा खुल्डी पुरिएको हो ।

‘सडकमा खाडलै खाडल भए,’ आचार्यले भने ‘ ती खाडलमा पानी भरिदा दुर्घटनाको जोखिम बढेपछि हामीले सल्लाह गरेर खाडल पुरेका हौं।’ स्थायी ट्राफिक प्रहरी पोष्ट गोटीखोलाका प्रमुख हवल्दार टेकबहादुर कुसारीले आफुहरुको प्रयासले सवारी दूर्घटना न्यूनिकरण हुने आशा व्यक्त गरे ।

‘ ट्राफिक नियम पालना गराउन र सवारी दूर्घटना न्यूनिकरणमा हामी खटिन्छौं,’ कुसारीले भने ‘ तर हाम्रै कार्यालय आसपासमा सडकै भरि खाडल भएपछि व्यवसायीलाई आग्रह गरि खाडल पुरेका हौं।’

उनले सडकको क्षमता भन्दा बढी भार बोकेर टिप्परहरु ओहोर दोहोर गर्न थालेपछि सडकमा खाल्डा खुल्डी परेको जानकारी दिए ।

प्रकाशित मिति : २०७७ साउन १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *