२०८१ पुष २९ गते सोमवार

दाङ रेडक्रसले स्वास्थ्य सामाग्री बाँड्यो

प्रकाश डाँगी,
तुलसीपुर, साउन १० । नेपाल रेडक्रस सोसाइटी जिल्ला साखा दाङले जिल्लामा रहेका स्थानीय तह तथा स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । जिल्लामा रहेका दश वटा स्थानीय तह, दूई वटा आइसोलेसन सेन्टर र जिल्ला भित्र रहेका रेड क्रसका १६ वटा उपसाखा र आफ्ना स्वयंसेवकलाई स्वास्थ्य बिभिन्न सामाग्रीहरु उपलब्ध गराइएको छ ।

जिल्लामा रहेका दशवटा स्थानीय तहहरुको लागि पिपिसेट ५ थान, मेडिकल मास्क ५ थान, मेडिकल ग्लोब्स, एन ९५ मास्क १० थान सेनिटाइजर ५ सय मिलिलिटर, थर्मल गन एक, साबुन ३० वटा र टबेल ४ थानका दरले उपलब्ध गराइएको छ । बेलझुन्डीको आइसोलेसन, राप्ती गाँउपालिकामा रहेको आइसोलेसन र घोराही उपमहानगर पालिकाको अम्मराइमा रहेको आइसोलेसन सेन्टरमा क्रमश २०, १० र ७ सेट पिपिई प्रदान गरिएको जिल्ला साखा दाङका मन्त्रि प्रकाश श्रिवन्दले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयको समन्वय तथा डेनिस रेडक्रसको आर्थिक सहयोगमा ती सामाग्री बाँडिएको हो । कोरोना संक्रमण समुदायस्तर सम्म फैलन सक्ने खतरा कायमै रहेकोले त्यसबाट बच्न र थप चनाखो हुनका लागि आफुहरुले स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएको दाङ रेडक्रसका सभापति नारायण आचार्यले बताए ।स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुले लकडाउन खोलिएसंगै लापर्वाही झनै बढ्दै गइरहेको प्रति चिन्ता जाहेर गरेका थिए ।

प्रकाशित मिति : २०७७ साउन १० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *