यमकला भुसाल,
तुलसीपुर,साउन १० ।गिनिज बुक अफ बल्र्ड रेर्कडमा नाम लेखाउन सफल संगीतकार सन्तोष क्षेष्ठलाई गृह जिल्ला दाङमा सम्मान गरिएको छ । उनले विश्वमै सबै भन्दा बढी भाषामा संगित भरेर हालसालै गिनिज बुकमा नाम लेखाउन सफल भएका छन् । चलचित्र पत्रकार संघ दाङले शनिवार तुलसीपुरमा कार्यक्रमको आयोजना गरि संगीतकार क्षेष्ठलाई सम्मान गरेको हो ।
क्षेष्ठले हालसालै नेपाली, हिन्दी, चाइनिज, जापानी, अग्रेजी, रसियन, कोरियन, फ्रेन्च, स्पेन, इटालियन, जर्मन र थाई गरि १२ अन्तराष्ट्रिय भाषामा संगित भरि गिनिज बुक अफ बल्र्ड रेर्कडमा नाम लेखाउन सफल भएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सामुदायीक रेडियो प्रसारक संघ (अको¥याव)का वरिष्ठ उपाध्यक्ष अर्जुन गिरीले नेपाली संगीतकर्मीले पनि विश्वव्यापी काम गर्न सक्छन् भन्ने तथ्यलाई संगीतकार सन्तोष श्रेष्ठले प्रमाणित गरिदिएको बताए ।
सृजनशिल व्यक्तिको पहिचान र सम्मान स्वरुप गर्ने कार्यक्रमहरु स्रहानिय रहेको भन्दै चलचित्र पत्रकार संघ दाङप्रति आभार पनि गिरीले आभार व्यक्त गरे । कार्यक्रममा विशिष्ट अतिथि संगीतकार क्षेष्ठले पहिलेको तुलनामा अहिले संगीतको अवस्था समृद्ध बन्दै गएको भन्दै खुसी साटे ।
उनले संसारमा सबैलाई जोड्ने एक मात्र भाषा संगीत रहेको तर्क गरे । चलचित्र पत्रकार संघ दाङका अध्यक्ष शिव पुनको अध्यक्षतामा भएको कार्यक्रममा गीतकार प्रकाश केसी,सामुदायिक रेडियो प्रशारक संघ प्रदेश नं ५ का सचिव संगीत बस्याल, सिस्नोपानी नेपाल दाङका अध्यक्ष डा.लोकराज पराजुली, गजल अभियान दाङका अध्यक्ष प्रबल बिष्ट, राप्ती साहित्य परिषद दाङका अध्यक्ष कमलमणि देवकोटा लगायतले संगीतकार श्रेष्ठले विश्वकीर्तिमान राख्दा त्यसले सिंगो दाङसहित नेपाल र नेपालीको शिर उँचो भएको बताएका थिए ।
संघका उपाध्यक्ष सन्तोष केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव पूर्ण केसीले गरेका थिए भने धन्यावाद ज्ञापन संघका पुर्व उपाध्यक्ष चेतन रेग्मीले गरेका हुन।