काठमाडौं, साउन ९। अभिनेता भुवन केसीले १० करोड क्षतिपुर्ति माग्दै नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरूद्ध मुद्दा हालेका छन । अभिनेत्री साम्राज्ञीविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन्। उनले १० करोड क्षतिपुर्ति माग गर्दै शुक्रबार दिउँसो शाहविरूद्ध मुद्दा दर्ता गरेको अदालतका सूचना अधिकृत ज्ञानबहादुर कार्कीले जानकारी दिए।
भुवनले निवेदनमा आफूलाई साम्राज्ञीले बेइज्जत गरेको उल्लेख गरेका छन्। विभिन्न अनलाइन र युट्युब च्यानलमा साम्राज्ञीले आफूलाई यौन दुर्व्यवहारको मिथ्या आरोप लगाएर बेइज्जत गरेको भन्दै अभिनेता केसीले मुद्दा दर्ता भएको गरेको सूचना अधिकारी कार्कीले भने।
केहि समय अघि सामाजिक सञ्जाल ‘इन्स्टाग्राम’ मा भिडिओ पोस्ट गर्दै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले फिल्ममा काम गर्ने क्रममा आफू दुर्व्यवहारको शिकार भएको बताएकी थिइन्। उनले अहिलेसम्म आठवटा फिल्ममा काम गरेकी छिन्। तीमध्ये तीनवटामा नराम्रो अनुभव भोग्नुपरेको उनको भनाइ थियो।