२०८१ चैत्र ९ गते शनिवार

दाङमा रुखको हाँगाले लाग्दा एक जनाको मृत्यु

असार ३० । दाङमा रुखको हाँगाले लागेर एक जनाको मृत्यु भएको छ । मंगलबार विहान करिब ८ बजेतिर मोटरसाईकल चलाईरहेको बेला रुखको हाँगाले लागेर तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ कुरहरिया का २३ बर्षीय तुलसी चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुरहरियाबाट रा २ प ८८० नम्बरको मोटरसाइकलमा तुलसीपुर आउदै गर्दा रुखको हाँगा भच्चिएर उनलाई चोट लागेको हो । चौधरीको टाउकोमा गम्भीर चोट लागेको थियो । चोट लागेर घाईते भएपछी उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिबबहादुर सिंहले बताए ।

प्रकाशित मिति : २०७७ असार ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *