एजेन्सी, असार २६ । भारतीय राज्य उत्तर प्रदेश, कानपुरका गुण्डा नाइके विकास दुबे प्रहरी इन्काउन्टरमा शुक्रबार मारिएका छन् ।
दुबेलाई लिएर आइरहेको उत्तर प्रदेशको एसटिएफको गाडी पल्टिएपछि प्रहरीको हतियार खोसेर भाग्न खोज्दा प्रहरीले गरेको जवाफी हमलामा दुबे मारिएको भारतीय संचारमाध्यमहरूले दाबी गरेका छन् ।
उक्त गाडी कानपुर नजिक दुर्घटनामा परेको जनाइएको छ । दुबेलाई प्रहरीले बिहीबार मध्य प्रदेशको उज्जैन जिल्लाको महाकाल मन्दिरबाट पक्राउ गरेको थियो।
असार १८ गते पक्राउ गर्न भनि गएको प्रहरी टोलीलाई दुबेको समूहले जेसिबीले बाटो छेकेर हमला गरेको थियो । त्यो हमलामा परि एक जना डिएसपी, तीन सब इन्सपेक्टर र चार कन्स्टेबलको हत्या भएको थियो ।
त्यसपछि दुबे हत्यापछि फरार रहेपनि उनलाई प्रहरीले विहीवार पक्राउ गरेको थियो ।
प्रकाशित मिति : २०७७ असार २६ गते शुक्रवार