Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


आइतवारदेखि तुलसीपुरको बजार बेलुका ५ बजेसम्म खुल्ने


तुलसीपुर,असार १९ । आइतवारदेखि तुलसीपुरको बजार पनि ५ बजेसम्म खुल्ने भएको छ । शुक्रवार तुलसीपुर उपमहानगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले आइतवारदेखि लागु हुने गरि बजार बेलुका ५ बजेसम्म खोल्न दिने निर्णय गरेको हो । नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको बैठकले त्यस्तो निर्णय गरेको हो ।

यसअघि सम्म कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै विहान ६ बजेदेखि मध्यान्हः १२ वजेसम्म मात्रै तुलसीपुरमा बजार खोल्ने पाउने नियम लागु गरिएको थियो । त्यसैले तुलसीपुर उद्योग वाणिज्य संघले बजार बेलुका ५ बजेसम्म खोल्न पाउनु पर्ने माग गर्दै आएको थियो । विपद् व्यवस्थापन समितिका संयोजक नवराज लामिछानेका अनुसार बेलुका ५ वजेसम्म पसल खोल्न दिने निर्णय भएपनि भिडभाड हुने होटेल, जिम क्लव, नाइ लगायतका पसल भने खोल्न पाइने छैन ।

उनले सामाजिक दुरी र अन्य सुरक्षा व्यवस्था अपनाएर मात्रै व्यवसाय गर्न आग्रह गरेका छन् । लामिछानेले कोरोना संक्रमणको अवस्था हेरेर अहिलेको समय हेरफेर गर्न सकिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal