२०७८ बैशाख ३१ गते शुक्रवार

रियल म्याड्रिड फेरि शीर्ष स्थानमा


असार १० । स्पेनिस ला लिगामा रियल म्याड्रिड फेरि शीर्ष स्थानमा पुगेको छ । गएराती घरेलु मैदानमा भएको खेलमा मालोर्कालाई २–० ले पराजित गर्दै रियल फेरि शीर्ष स्थानमा पुगेको हो । खेलको ११ औं मिनेटमा मालोर्काका इद्रिसा बाबाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार रियलका गोलरक्षक थिबाउट कोर्टुवाले बचाए । खेलको १९ औं मिनेटमा रियलले खेलमा अग्रता बनायो । लुका मोड्रिचले दिएको पासलाई भिनिसियसले गोल गर्न सफल भए ।

खेलको ५६औं मिनेटमा नै रियलले अग्रता दोब्बर पार्यो । कप्तान सर्जियो रामोसले झन्डै २५ यार्ड टाढाबाटप्रहार गरेको फ्रिकिकमा गोल भएको थियो । ८२ औं मिनेटमा मालोर्काका यानिस सालिबुरको फ्रिकिकले पोस्टको दिशा लिन सकेन । त्यसपछि दुवै टिमबाट गोल हुन सकेन र रियल बिजयी भयो । जितसँगै रियल र बार्सिलोना दुवैको ३१ खेलमा समान ६८ अंक भएको छ तर हेड टु हेडको आधारमा रियल शिर्ष स्थानमा उक्लिएको हो । हारपछी मालोर्का भने ३१ खेलमा २६ अंकसहित रेलिगेसनमा नै छ ।

प्रकाशित मिति : २०७७ असार ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *