तुलसीपुर, असार ७ । तुलसीपुरका ५ जनासहित आइतवार दाङमा १० जना नयाँ कोरोना भाइरसका संक्रमित फेला परेका छन् । संक्रमित मध्य तुलसीपुर उपमहानगरपालिका वडा नं. १३, १६ र १८ का १९, १६,१९, ३३ र ३९ बर्षीय पुरुष रहेका छन् । उनीहरु तुलसीपुरको रक्षाचौर नमुना माविको क्वारेन्टिनमा बसेकाहरु हुन ।त्यस्तै घोराही उपमहानगरपालिका वडा नं. १ र ३ का २३ र ३४ बर्षीय दूई जना पुरुषमा कोरोना फेला परेको छ । उनीहरु उपमहानगरपालिकाको क्वारेन्टिनमा बसेकाहरु हुन ।
त्यस्तै गढवा गाउँपालिका वडा नं. १, २ र ५ का १४,२४ र २५ बर्षीय पुरुषमा संक्रमन फेला परेको छ । उनीहरु तीनै जना गाउँपालिकाको कालेकाँटे क्वारेन्टिनमा बसेकाहरु हुन । उनीहरु सबै छिमेकी देश भारवाट विभिन्न समयमा आएर सम्वन्धित पालिकाको क्वारेन्टिनमा बसेकाहरु हुन । यो संगै दाङमा कोरोना संक्रमितको संख्या २६६ पुगेको छ । त्यस्तै रोल्पा घर भई प्रतिष्ठानमा कार्यरत २५ बर्षीय एक स्वास्थ्यकर्मीमा पनि संक्रमन फेला परेको छ ।
शुक्रवार मात्रै प्रतिष्ठानका एक चिकित्सक, दूई नर्स र एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमन फेला परेको थियो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमन फेला परेको हो ।