२०८१ पुष २९ गते सोमवार

सानेको “कलेज लभ” लाई कलाकार चाहियो


शिव पुन,
दाङ,असार १। निर्देशक राजबहादुर सानेको लेखनमा नयाँ वेब सिरिज “कलेज लभ” निर्माण हुने भएको छ।देश अहिले बन्दाबन्दीमा रहेको छ,र यसको प्रत्यक्ष प्रभाव नेपाली सिनेमा उद्योगलाई पनि परेकै छ। साथै कोरोना भाइरलले थिलथिलो भएको सिनेमा उद्योग चलाएमान हुन केही समय लाग्ने देखिन्छ।यस्तैमा फिल्मकर्मीहरुले दर्शक समक्ष पुग्ने वैकल्पिक माध्यमका रुपमा वेब सिरिजलाई लिएका पाइएको छ,र त्यही अनुरुप कतिले वेब सिरिज निर्माण गरिसकेका छन् भने कोही निर्माण गर्ने तयारीमा रहेका छन्।

ब्लकबस्टर निर्माता दीपकराज गिरीको समुहदेखी अन्य थुप्रै फिल्मकर्मी यो बाटोमा अग्रसर हुँदै गरेको बुझिएको छ।जसको ज्वलन्त उदाहरण निर्देशक साने पनि हुन् । पछिल्लो समयका ब्यस्त निर्देशक राजबहादुर सानेले तत्काललै फिल्म क्षेत्र चलाएमान हुने सम्भावना नदेखिएकाले यो वीचको खाली समयको सदुपयोग गर्दै वेब सिरिजको तयारीमा लागेको बताएका छन्। बीरङ्गना,बृन्दावन,डोली र हाल पोस्ट प्रोडक्सनको काम भइरहेको फिल्म पर्खी बसे फर्की आउनेछु जस्ता फिल्म निर्देशन गरीसकेका निर्देशक सानेको लेखन रहेको नयाँ वेब सिरिज “कलेज लभ”ले कलेज पढ्ने युवायुवतीको कथा बोल्नेछ।

नेत्र बिष्ट र रमेश बनगोसाइले निर्देशन गर्ने बेव सिरिजको लागि आवश्यक मुख्य कलाकार भने निर्माण टिमले अडिसनबाट छान्ने बताएको छ।साथै निर्माण टिमले कलाकार बन्न चाहने इच्छुक नयाँ प्रतिभाले एक महिनाभित्र आवेदन पेश गर्न अनुरोध गरेको छ। वेब सिरिज “कलेज लभ” रोम इन्टरटेनमेन्टको युट्युब च्यानल बाट प्रशारण गरिने निर्देशक/लेखक सानेले बताए।

प्रकाशित मिति : २०७७ असार १ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *