एजेन्सी, जेठ ३२ । बलिउड अभिनेता ३४ बर्षीय सुशान्तसिंह राजपुतले आइतवार आत्महत्या गरेका छन् । मुम्बईको बान्द्रास्थित आफ्नैनिवासमा उनले झुण्डिएर आत्महत्या गरेका हुन । जहाँ उनी पछिल्लो समय एक्लै बस्दै आएका थिए । राजपुतले सन् २०१३ मा‘काइपोचे’ फिल्मबाट बलिउडमा डेब्यु गरेका थिए।
राजपुतले भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीको वायोपिकमा मुख्य भूमिका निभाएका छन् । राजपुतले अभिनय गरेको पछिल्लो फिल्म ‘केदारनाथ’ हो । उनी डिप्रेसनमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रकाशित मिति : २०७७ जेष्ठ ३२ गते आइतवार