२०८१ फाल्गुन २ गते शुक्रवार

बंगलाचुलीमा ट्रयाक्टर दुर्घटना चालकको ज्यान गयो, सहचालकसहित २ घाइते

तुलसीपुर,जेठ ३२ । दाङको बंगलाचुलीमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने थप दूई घाइते भएका छन् ।बंगलाचुली गाउँपालिका वडा नम्बर १ रातामाटामा शनिबार राति साढे ९ बजेतिर रा १ त २७७५ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालक बंगलाचुली गाउँपालिका वडा नम्बर ७ हाँसीपुरका २७ वर्षीय रामबहादुर बुढाको मृत्यु भएको छ ।

घाइते बुढाको उद्धारपछि उपचारका क्रममा विहान साढे ३ बजेतिर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको दाङका प्रहरी प्रबक्ता सुमित खड्काले जानकारी दिए । दुर्घटनामा परि सहचालक प्यूठान जिल्लाको स्वर्गद्वारी नगरपालिका सिमिलेका १८ बर्षीय भेषराज घर्ती र दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर १ बाह्रविसेका ३२ वर्षीय ईश्वर जिसी घाइते भएका छन् ।

घाइतेहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भई रहेको डिएसपी खड्काले बताए । दाङबाट विद्युतको पोल बोकेर प्यूठानको अरुङखोला तर्फ जाँदै गरेको उक्त ट्रयाक्टर ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीले बताएको छ । ट्रयाक्टर सडकबाट करिब १५० मिटर तल खोँचमा खसेको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ ३२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *