२०८१ माघ ९ गते बुधवार

देवेन्द्र पौडेलको नेतृत्वमा रुकुम घटना छानविन गर्न संसदीय समिति गठन

जेठ २६। रूकुम पश्चिमको चौरजहारी घटनाबारे छानविन गर्न संसदीय छानविन समिति गठन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद देवेन्द्र पौडेलको नेतृत्वमा संसदीय छानविन समिति गठन गरिएको छ। सभामुख अग्निप्रसाद सापकोटाले सांसद पौडेलको नेतृत्वमा सर्वदलीय छानविन समिति गठन गरेको संसदमा जानकारी दिएका हुन् ।

छानविन समितिको सदस्यमा सांसद एकवाल मियाँ, दुर्गा पौडेल, पार्वतीकुमारी बिशुंखे, प्रकाश रसाइली, विमला विक, महेश्वरजंग गहतराज, मीनबहादुर विश्वकर्मा, रामसहायप्रसाद यादव छन्।

समितिले १ महिनामा घटनाको प्रतिबेदन बुझाउने छ । गत जेठ १० गते आफ्नी प्रेमीकाको घर गएका नवराज विक र उनका पाँच जना साथीको मृत्यु भएको थियो। गाउँलेहरूको आक्रमणबाट उनीहरूको मृत्यु भएको आरोप छ।

प्रकाशित मिति : २०७७ जेष्ठ २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *