२०८१ बैशाख १३ गते बिहिवार

चलचित्र विकास बोर्ड अध्यक्षमा दयाराम दाहाल नियुक्त


जेठ २३ । चलचित्र विकास बोर्डको अध्यक्ष पदमा निर्देशक दयाराम दाहाल नियुक्त भएका छन् । बिहिबार बसेको मन्त्रीपरिषद्को बैठकले दाहाललाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । दाहाल चलचित्र विकास बोर्डको सदस्य समेत हुन् । तत्कालिन अध्यक्ष केशव भट्टराइको निधन भएपछि विगत ६ महिनादेखि बोर्ड नेतृत्व विहिन भएको थियो । दाहालले अब २ बर्ष विकास बोर्डको नेतृत्व गर्नेछन् ।

चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि १० जनाको आवेदन परेको थियो । जसमा, अन्तिम ३ जनाको नाम मन्त्रीपरिषद्मा सिफारिश गरिएको थियो । जसमा, नायक भूवन केसी र संकृतीविद राजेश थापा थिए ।

दयाराम दाहालले निर्देशन गरेको चलचित्रहरु ‘दौतरी, ठूल्दाई, चाँदनी, जंगे, ढुकढुकी, तँ त साह्रै विग्रिस नि बद्री, भरिया, दाइजो, जेठ कान्छो, अग्नी ज्वाला, भाग्य विधाता, दोबाटो, कर्मयोद्धा, अरबपति, दशगजा, फर्केर हेर्दा, कहाँ छौ कहाँ, म तिमी बिना मरिहाल्छु, नेपाल’ लगायतका चलचित्र रहेका छन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *