२०८१ पुष २९ गते सोमवार

बलिउडका चर्चित संगीतकार वाजिद खानको निधन

 


जेठ १९ । बलिउडका चर्चित संगीतकार वाजिद खानको निधन भएको छ । वाजिद लामो समयदेखि किड्नीको बिरामी थिए । स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएपछि वाजिद केही दिन अगाडि मुम्बईको चेम्बुरस्थित सुराना अस्पताल भर्ना भएका थिए। आइतबार राती उनको ४२ बर्षको उमेरमा निधन भएको हो ।

साजिद-वाजिदको जोडीले धेरैजसो संगीत सलमान खानका सिनेमाका लागि बनाएका थिए। हालै सलमानले रिलिज गरेको ‘भाइइभाइ’ गीतमा समेत वाजिदको सहयोग थियो। साजिद-वाजिदको जोडी बलिउडमा सलमान खान अभिनित सन् १९९८ को ‘प्यार किया तो डरना क्या’बाट डेब्यू भएको थियो। तेरे नाम’, ‘तुमको ना भूल पाएगें’, ‘पार्टनर’ र ‘दंबङ; फ्रान्चाइज उनीहरूले सँगै काम गरेका केही चर्चित सिनेमा हुन्।

 

प्रकाशित मिति : २०७७ जेष्ठ १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *