२०८२ बैशाख ११ गते बुधवार

चलचित्र पत्रकार संघ दाङले रक्तदान कार्यक्रम गर्ने

पूर्ण के.सी.,
बैशाख ३०। चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले अनलाईन भिडियो कन्फ्रेस मिटिङ सम्पन्न गरेको छ । लकडाउनकाे पालना गर्दै , सामाजिक दुरि कायम राख्दै अनलाईन भिडियो कन्फ्रेस गरिएको संघका अध्यक्ष शिव पुनले जानकारी दिए ।

अनलाइन मिटिङ बाट संघले यहि जेठ ७ गते चलचित्र पत्रकारीता दिवसको अवसरमा रेडक्रसको सहकार्यमा रक्तदान कार्यक्रम गर्ने निर्णय गरेको अध्यक्ष पुनले बताए । यो संकटको बेला रगतको अभाव हुन नदिन उक्त कार्य गर्न लागीएको उनले बताए ।

साथै उनले रक्तदान कार्यक्रममा संघमा आबद्ध साथीहरु, अन्य संघ सस्थाका पदाधिकारी , पत्रकार सबैमा आवश्यक सहयोग र उपस्थितिको लागि अनुरोध गरे ।

प्रकाशित मिति : २०७७ बैशाख ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *