तुलसीपुर, वैशाख २२ । सोमवारदेखि दोहोरो अनुमतिपछि मात्रै सवारी पास उपलब्ध हुने भएको छ । गृहप्रशासनले आइतवार त्यस्तोपरिपत्र जारी गरेको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रशाद रिजालले जानकारी दिए । ‘यसअघि सम्म एउटा जिल्लाले अनुमतिदिए सवारी पास पाइन्थ्यो,’ रिजालले भने ‘तर,अबदेखि जाने र आउने दुबै ठाउँको अनुमति नभइ पास नपाइने भएको छ ।’
यसको अर्थ अब दाङदेखि– बाँके वा दाङदेखि– रोल्पा जानु परे बाँके वा रोल्पा प्रशासनको समेत अनुमति चाहिने प्रमुख जिल्लाअधिकारी रिजालले बताए ।
स्थानीय प्रशासनले गरेको पत्रचारका आधारमा जिल्लामा सोमवार सुरक्षासमितिको बैठक बस्न लागेको प्रजिअ रिजालले बताए ।
त्यसमा स्थानीय तहका प्रमुखहरुलाई पनि डाकिएको छ । मुख्यगरि पूर्वपश्चिम राजमार्ग अन्तरगत दाङ प्रवेश गर्ने सबैभन्दा पूर्वी नाकाराप्ती गाउँपालिका र पश्चिम नाका लमही नगरपालिका लगाएतलाई कसरी अगाडि बढ्ने भन्ने बारेमा छलफलका लागि निम्त्याइएकोप्रजिअ रिजालले जानकारी दिए ।
नेपालगन्ज र रुपेन्देहीमा कोरानोको संक्रमण पुष्टि भएपछि जिल्लाका नाकाहरुमा थप कडाई गरिएको छ । एम्बुलेन्सदेखि इन्धन बोक्नेट्याङकर चालकहरुलाई अनविार्य रुपमा पिपिई, मास्क, गोप्स लगाएर मात्रै सवारी चलाउन पाउने नियम बनाइएको छ ।
छिमेकी जिल्ला बाँकेमा १६ जनामा कोरोना पुष्टि भइसकेको अवस्थामा सोमवारको बैठकले बाँके तर्फको नाका सिल गर्नुपर्ने मागअधिकारकर्मीहरुले गर्दै आएका छन् ।