२०७७ मङ्सिर १४ गते आइतवार

समृद्धिको आधार उद्योग : प्रमुख नेपाली


दाङ, मसिर ९ ।
जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीले समृद्धिको आधार उद्योग भएको बताएका छन् । उद्योग स्थापनाले रोजगारी र जिल्लाको विकास दुवैमा टेवा पुग्ने उनले बताए । ‘ जिल्लाको समृद्धिको आधार उद्योगको विकास हो’ घरेलु तथा साना उद्योग कार्यालयले आइतवार गरेको ‘तेस्रो उद्योग दिवस’लाई संवोधन गर्दै प्रमुख नेपालीले भने ‘ नागरिकको प्रत्यक्ष जीवनस्तर सुधार गर्ने खालका उद्योगलाई राज्यले प्रोत्साहन गर्नुपर्छ ’ उनले विशेष गरेर जिल्लामा कृषिमा आधारित उद्योग स्थापना गर्न सकिने सम्भावना धेरै रहेको हुँदा त्यसमा ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जिल्लामा औद्योगिक क्षेत्रको विकासको वातावरण निर्माण गर्नु सवैको दायित्व भएको बताए । कार्यक्रममा घोराही उपमहानगरपालिका प्रवक्ता भरत अर्याल, दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुषाल र नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त लगायतले मनतव्य राखेका थिए । कार्यक्रम पुर्व घोराहीमा प्रभातफेरि समेत गरिएको थियो ।

प्रकाशित मिति : २०७५ मङ्सिर ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *