२०८१ कार्तिक २३ गते शुक्रवार

यूएसएआईडी र उबासंघको साझेदारीमा तुलसीपुरमा सेनिटाइजर उत्पादन सुरु

तस्बिर : राजेश खत्री

राजशे खत्री,
तुलसीपुर, वैशाख १७ । तुलसीपुरमा सेनिटाइजर बनाउने तालिम बुधवारवाट सुरु भएको छ । यूएसएआइडीको सहयोग र तुलसीपुर उद्योग वाणिज्य संघको कार्यान्वयमा दुई दिने सेनिटाइजर उत्पादन सम्वन्धि तालिम सुरु भएको छ । कोभिड –१९ विरुद्ध द्रुत प्रतिकार्यका लागि यूएसआइडी र बाणिज्य संघको साझेदारीमा तालिम सुरु भएको तालिममा ५० जना भोलेन्टियरहरुको सहभागिता छ ।

बुधवार २५ जना र विहीवार २५ जनाले सेनिटाइजर उत्पादन बारे स्वास्थ्यकर्मीवाट तालिम लिने छन् । तालिममा तुलसीपुर नगर जेसिजबाट १० जना, रोटरी र रोट्रयाक्ट क्लववाट १० जना, महिला उद्यमी समुहवाट १२ जना, रेडक्रसबाट २ जना तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ बाट ५ जना र वडा नं. ६ बाटपनि ६ जना सहभागिहरु रहेका छन् । तालिम पछि उनीहरुले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुप १ हजार २ सय ५० लिटर सेनिटाइजर उत्पादन गर्ने भएका छन् ।

त्यसरी उत्पादित सेनिटाइजर तुलसीपुर उपमहानगरपालिकाले निर्धारण गरेबमोजिम दुई महिनाको अवधिमा १९ वटै वडाहरुमा वितरण गर्ने परियोजनाका टिम लिडर विनिल केसीले जानकारी दिएका छन् । उत्पादित सेनेटाइजर निशुल्क उपलब्ध गराइने तुलसीपुर उद्योग वाणिज्य संघका सचिव समेत रहेका केसीले जानकारी दिए । यूएसआइडीको आर्थिक सहयोगमा तयार नेपाल विपद जोखिम व्यवस्थापन कार्यक्रम अन्तरगत सेनिटाइजर बनाउने तालिम सुरु भएको केसीले बताए ।

कार्यक्रमलाई सम्वोधन गर्दै तुलसीपुर वडा नं. ६ का अध्यक्ष तथा तुलसीपुरका विपद व्यवस्थापन तथा वातावरण शाखाका संयोजक नवराज लामिछानेले विपदको घडिमा सबैले मिलेर सामना गर्नुपर्ने बताए । यूएसआइडीले तुलसीपुर उद्योग वाणिज्य संघ मार्फत कोरोना विरुद्धको लगडाईमा हातेमालो गर्नु तुलसीपुरबासीका लागि एउटा सुखदक्षण भएको उनले बताए ।

तुलसीपुर वडा नं. ५ का वडा अध्यक्ष विरेन्द्रकुमार शाहले लकडाउनको समयमा तुलसीपुरमा आउने भोका यात्रुलाई गाँस, बास र यातायातको प्रवन्ध गर्ने नेतृत्व लिने तुलसीपुर उद्योड वाणिज्य संघ र यूएसआइडीको संयुक्त प्रयासले कोरोना विरुद्धको लडाई जित्न सहज हुने आशा व्यक्त गरे । कार्यक्रममा बाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजालले यूएसआइडीले तुलसीपुर उद्योग वाणिज्य संघसंग कोरोना विरुद्धको लडाईका लागि हात अगाडि बढाएपछि कोरोना विरुद्धको लडाइ लड्न थप आत्मविश्वास थपिएको बताए । बाणिज्य संघका अध्यक्ष विरबहादुर रावतको अध्यक्षमा भएको कार्यक्रममा, महासचिव रुपबहादुर खत्री,सचिव विनिल केसी लगाएतले सम्वोधन गरेका थिए । कार्यक्रमको सहजीकरण बाणिज्य संघका कार्यालय सचिव पारेश्वर भट्टराईले गरेका थिए ।

प्रकाशित मिति : २०७७ बैशाख १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *