२०७८ बैशाख २५ गते शनिवार

बलिउड अभिनेता इरफान खानको निधन

वैशाख १७ । बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ । मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा मंगलबार उनको निधन भएको हो ।

अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि खानलाई हिजै अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । उनी दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए। खानलाई न्युरोएन्डोक्राइन ट्युमर भएको थियो।

लन्डनबाट फर्केयता उनी कोकिलाबेन अस्पतालका डाक्टरको निगरानीमा थिए । गत वर्ष उनले एउटै मात्र फिल्म ‘अंग्रेजी मिडियम’ मा काम गरेका थिए । उक्त फिल्ममा काम गर्दा पनि उनको अवस्था ठीक थिएन ।

कुशल अभिनयका लागि चिनिएका इरफानले सलाम बम्बे, मकबुल, पान सिंह तोमर, द लन्चबक्स, हैदर, गुन्डे, पिकु, तलभार,स्लमडग मिलिनियर्स, जुरासिक वर्ल्ड, द अमेजिङ स्पाइडर म्यान लगायत फिल्ममा अभिनय गरेका छन् ।

प्रकाशित मिति : २०७७ बैशाख १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *