सल्यान, ९ मंसिर ।
सल्यानको कपुरकोट गाउँपालिकाले हालसम्मका उपलव्धी र आगामी नीतिहरु प्रस्तुत गरेको छ । कपुरकोटमा पत्रकारहरु संगको अन्तरक्रियामा गाउँपालिकाले हालसम्म गरेका कामको फेहरिस्त प्रस्तुत गरेको थियो । पूर्ण खोपयुक्त गाउँपालिका घोषणादेखि ३१ वटा ऐन, नियम, कार्यविधी निर्माण गरेको उस्ले जानकारी दिइएको छ ।
प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजालले गाउँपालिकाको भवन निर्माण कार्य अघि बढाइएको, ६ वटै वडाबाट स्वास्थ्य सेवा प्रदान गरिएको, यातायात गुरु योजना निर्माण गरिएको, १० हजार वृक्षारोपणलाई गाउँपालिकाको प्रगतिको रुपमा प्रस्तुत गरेका छन् ।
उनले करिव १६६ किलोमिटर नयाँ मोटरबाटो निर्माण भएको तथा त्यसले स्थानीय स्तरमा रोजगारी सृजना भएको र कृषि उपजको बजार सम्म सहज पहुँच पुगेको बताए ।
गाउँपालिकाका अध्यक्ष भिमबहादुर सेनले कुनै पनि योजना सञ्चालन गर्दा उपभोक्ता समिति गठन गरिएको भन्दै पारदर्षितालाई विशेष जोड दिइएको बताए । त्यस्तै बाल विवाह न्यूनिकरण, मदिरा, जुवा तास जस्ता विकृती रोक्नका लागि सचेतनामूलक कार्यक्रमहरु सञ्चालन भइरहेको उनले बताए । सेनले यस वर्ष २३२ वटा योजनाहरु सञ्चालनमा रहेको बताए । कार्यक्रममा उपाध्यक्ष तिला बुढा मगरले महिला सशक्तिकरणका लागि लागि चेलिबेटी संग जागरणमुलक कार्यक्रम सञ्चालनको तयारी गरिएको जानकारी दिइन । कार्यक्रममा सल्यान जिल्लाका पत्रकारहरुको सहभागिता थियो ।