दाङ, बैशाख, ९ ।सल्यानका युवाको पिसीआर परीक्षण रिपोर्ट मंगलवार नेगेटिभ आएको छ । र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) विधिबाट कोरोना परीक्षण गर्दा एन्टिबडी पोजेटिभ देखिएको थियो ।
सोमवार शारदा नगरपालिकाको वडा नं. १ श्रीनगरमा परीक्षण गरिएका ३२ वर्षीय ती युवाको रिपोर्ट कोरोना एन्टिबडी पोजेटिभ देखिएको पछि स्वाब संकलन गरि पिसीआर परीक्षणकालागि सुर्खेत पठाइएको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय सल्यानका प्रमुख अर्जुन बुढाले जानकारी दिए ।
३२ बर्षीय ती युवा र उनकी पत्निको स्वाब संकलन गरि परीक्षणको लागि कर्णाली प्रदेशको राजधानी सुर्खेत पठाइएकोमा दुबैको रिपोर्ट नेगेटिभ आएको बुढाले जानकारी दिए । चैबाङजिउला निवासी ती युवा गत चैत ६ गते युएइबाट घर आएको आएका थिए ।
सोमवार रिपोर्ट पोजिटिभ आएपछि ती युवालाई जिल्ला अस्पताल खलंगाको आइसुलेसनमा राखिएको थियो । ती युवाका परिवारका अन्य सदस्यहरुलाई र्यापिड टेष्ट गर्दा भने रिपोर्ट नेगेटिभ देखिएको थियो ।