२०८० चैत्र १६ गते शुक्रवार

एन प्याव्सनको तालिम

तुलसीपुर, मंसिर ८ ।
एन प्याव्सन दाङको आयोजनामा शुक्रबारदेखि तुलसीपुरमा मन्टेश्वरीसम्बन्धी रिफ्रेसमेन्ट तालिम शुरु भएको छ । एन प्याव्सन दाङमा आवद्ध बिद्यालयका शिक्षिकाहरुको सहभागिता रहेको तालिमको एन प्याव्सनका केन्द्रीय उपाध्यक्ष सुवोध कुमार डाँगीले उद्घाटन गरेका हुन् ।

तालिमको उद्घाटन गर्दै प्रमुख अतिथिसमेत रहेका डाँगीले छोटो समयको तालिम भए पनि सहभागी शिक्षिकाहरुलाई धेरै लाभ पुग्ने विश्वास ब्यक्त गरे । तालिमका सिकेका सिप र ज्ञानलाई अक्षरश पालना गरेर बालबालिकाहरुमा प्रयोगमा ल्याउन उनले सहभागीहरुलाई आग्रह समेत गरे ।

एन प्याव्सन दाङका अध्यक्ष भिम बहादुर बुढाथोकीको अध्यक्षता तथा केन्द्रीय सचिव डाँगीको प्रमुख आतिथ्यतामा भएको तालिमको उद्घाटन कार्यक्रममा एन प्याव्सनका केन्द्रीय सदस्य प्रकाश कुमार शर्मा, प्रदेश नम्वर ५ का सदस्य नरेश कुमार आचार्य, प्रशिक्षक प्रतिक्षा गौतमलगायतले तालिममा सिकेका कुराहरुलाई ब्यवहारमा लागू गर्न आग्रह गरेका थिए ।

एन प्याव्सन दाङका वरिष्ठ उपाध्यक्ष विमल गौतमको स्वागत मन्तब्यबाट शुरु भएको तालिम उद्घाटन कार्यक्रमको सञ्चालन सचिव ठाकुरप्रसाद डाँगीले गरेका थिए । तालिममा एन प्याव्सन दाङमा आवद्ध ३५ विद्यालयका ७० जना शिक्षिकाहरुको सहभागिता रहेको छ । दुई दिनसम्म चल्ने तालिमको प्रशिक्षकमा प्रतिक्षा गौतम रहेकी छन् ।

प्रकाशित मिति : २०७५ मङ्सिर ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *