तुलसीपुर, चैत ११ । नेपाल सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्न चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म सर्वसाधारणलाई घरबाहिर निस्कन रोक लगाएको छ ।
दाङमा सरकारले जारी गरेको ‘लक डाउन’ उलंघन गर्ने साढे तीन सय सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दूई सय ७३ मोटरसाईकल, ट्रक ३६ वटा, सानो गाडी १३ वटा, टिप्पर १० , अटो १०, ट्रयाक्टर ७, र एउटा बस नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रबक्ता सुमित खड्काले जानकारी दिए ।
कोरोना रोकथाम गर्ने सरकारी प्रयासमा उच्च सर्तकता अपनाउन आग्रहसहित पहिलो दिन चालकलाई छोडिएको भएपनि बुधवारदेखि नियन्त्रणमा लिने स्थानीय प्रशासनले चेतावनी दिएको छ ।
स्थानीय प्रशासनले जिल्लाका प्रमुख सहरहरुमा माईकिङ गर्दै अत्यावश्यक काम बाहेक घरबाट नसिस्कन सर्वसाधारणलाई आग्रह गर्दैै आएको छ । प्रमुख जिल्ला अधिकारी गोविन्द्र प्रसाद रिजालले त्यस्तो आग्रह गरेका छन् ।