२०८२ बैशाख ११ गते बुधवार

हाप्कीडो संघ कर्णालीको अध्यक्षमा सल्यानका पुन


सल्यान, चैत ६ । नेपाल मार्सल आर्टस, हाप्कीडो संघ कर्णालीको अध्यक्षमा सल्यानका शेरबहादुर पुन चयन भएका छन् । विहीबार सुर्खेतमा भएको भेलाले पुनको अध्यक्षतामा नौ सदस्य प्रदेश समिति गठन गरेको हो ।

जसको उपाध्यक्षमा टक्कबहादुर शाही (हुम्ला), सचिव जगत प्याकुरेल (सुर्खेत), कोषाध्यक्ष खड्ग थापा (सल्यान), सदस्यहरुमा सिर्जना केसी (पश्चिम रुकुम), ऐटन मल्ल (मुगु), राधा बिक (सुर्खेत ), गोकर्णनाथ योगी (जुम्ला) र गोपाल बुढा (हुम्ला) रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल मार्शल आर्टस् हाप्किडो संघ केन्द्रीय अध्यक्ष कालीबहादुर घर्ती मगरले प्रदेशभर हाप्कीडोलाई विस्तार गर्न आग्रह गरेका छन् । खेलकुद विकास समिति कर्णाली प्रदेश प्रमुख बिरोधबिक्रम बिसी, खेलकुद विकास समिति सुर्खेत कार्यलय प्रमुख रामबहादुर वली लगाएतले कार्यक्रममा मन्तव्य राखेका थिए ।

नेपाल मार्सल आर्ट हाप्की डो संघ राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा १६८ औं संघका रुपमा दर्ता भइसकेको छ ।

प्रकाशित मिति : २०७६ चैत्र ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *