२०७८ असार ९ गते बुधवार

पूर्व मिस नेपाल उषा खड्गीले तोडिन् वैवाहिक सम्बन्ध


चैत्र २ ।पूर्व मिस नेपाल उषा खड्गीले आफ्नो वैवाहिक सम्बन्धलाई अब निरन्तरता दिन नसकिने बताएकी छन् । आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा शनिबार स्टाटस लेख्दै उनले यस विषयमा मुख खोलेकी हुन् ।

‘विवाहको १७ वर्षपछि पनि शारीरिक र मानसिक यातना सहनुपर्छ भने यसलाई निरन्तरता दिन कुनै आधार छैन । अब म भन्छु ‘नाईं’ ।’ उनले लेखेकी छन् ।

उनले सहयोग र मायाका लागि सबैलाई धन्यवाद दिँदै लेखेकी छिन्, ‘तपाईंहरुको माया र समर्थनले मलाई बलियो र साहसिलो बनाएको छ । यसैमार्फत् म मेरो र आफ्ना सन्तानको अधिकारका लागि लड्नेछु ।’

उषा सन् २००० की मिस नेपाल हुन् । उषा र सञ्चारकर्मी जीपी तिमिल्सिनाबीच १७ वर्ष अघि विवाह भएको थियो । उनीहरूबीच केही समयदेखि वैवाहिक जीवनमा खटपट भएको चर्चा थियो । उनीहरूको एक छोरा र एक छोरी छन् ।

प्रकाशित मिति : २०७६ चैत्र २ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *