Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


एसियन च्यालेन्जर ट्रफिमा वेष्टनको सहज जित



भुवन पाण्डे,
बुटवल, फागुन १५ । वेष्टन क्रिकेट क्लव बुटवलले एसियन च्यालेन्जर ट्रफिको बिहीबार भएको उद्घाटन खेलमा स्वबिज क्रिकेट क्लब काठमान्डौंलाई ७२ रनले पराजित गरेको छ ।भैरहवाको सिद्धार्थ रंगशालामा टच हारेर व्याटिङ गर्न आएको वेष्टनले १२ ओवरको खेलमा तीन विकेट गुमाउँदै १३२ रन बनायो । उसका लागि प्रदिप ऐरीको सर्वाधिक ५३ रन, कुशल भुर्टेल १८ र कृष्ण कार्कीले १७ रन जोडे । स्वबिज क्रिकेट क्लब काठमान्डांैका लागि शुभव सिंह ठकुरी, अनुप श्रेष्ठ र अंकित प्रताप सिंहले समान एक एक विकेट लिए ।

जवाफमा व्याटिङ गर्न आएको स्वबिज क्रिकेट क्लब काठमाडौँ पाँच विकेटको क्षेतीमा ५४ रनमै स्तब्ध र¥यो । सस्तैमा रोक्न वेष्टनका कृष्ण कार्की र बसन्त रेग्मीले दुई ÷ दुई विकेट तथा बिक्रम सोवले एक विकेट लिए ।

बिहीबार नै भएको अर्को खेलमा अर्शक स्पोर्टस् बंगलादेशले अल्फा वारियसर्् भारतलाई ९६ रनले पराजित गरेको छ । पहिले व्याटिङ्ग गरेको अर्शक स्पोर्टस्ले १२ ओभरमा दुई विकेट गुमाउँदै एक सय ६१ रन बनायो ।

बिस्पोटक व्याटिङ गरेको अर्शकबाट अस्कर कोकले नटआउट ७४ तथा महम्मद चौधरीले ५० रन बनाए । बलिङ्गमा अल्फा वारियर्स्का प्रतास गणसवी र अजय श्रिजास्तबले एक एक विकेट लिए ।

एक सय ६२ को लक्ष्य पक्ष्याएको अल्फा वारियर्स्ले दश ओवर पाँच बलमा सबै विकेट गुमाउँदै ६५ रनमै समेटियो । अर्शक स्पोर्टस्का हमिद अमेदजाइले ६ विकेट, महम्मद चौधरीले २ तथा अली सामदले एक विकेट लिए । शुक्रबार पहिलो खेल अर्शक स्पोर्टस् बंगलादेश र सोबिज क्रिकेट क्लब काठमाडौँ तथा दोस्रो खेल गुज्रात रायन्स पाकिस्तान र राइनो स्पोटस् काडमाडौँ बीच हुने छ ।

मौसमका कारण खेल १२÷१२ ओभरमा खेलाइएको हो । भैरहवा किङ्गस् प्रालिको आयोजनामा सञ्चालन भैरहेको प्रतियोगितामा बंगलादेश, पाकिस्तान, भारत र नेपालका ८ वटा क्लवहरुको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal