२०७७ फाल्गुन १९ गते बुधवार

लखन कपको उपाधि सक्सेसलाई


घोराही, फागुन १४ । दाङको घोराही सञ्चालन भएको लखन थापा मगर रनिङ शिल्ड फुटबल प्रतियोगीताको उपाधि सक्सेस क्लब तुलसीपुरले हात पारेको छ । घोराहीको भरतपुर खेल मैदान भएको फाइनल खेलमा घोराहीको युएनबिसीलाई हराउँदै सक्सेसले पहिलो पल्ट उपाधि हात पारेको हो ।

नेपालका प्रथम सहिद लखन थापा मगरको स्मृतिमा नेपाल मगर संघ दाङले फुटबल प्रतियोगीता सञ्चालन गरेको हो । फागुन २ गतेदेखि सुरु भएको प्रतियोगीतामा युएनबिसीलाई २—० गोलले हराउँलै सक्सेस क्लब तुलसीपुरले उपाधि हात पारेको हो ।

जिल्लाका १६ क्लबको सहभागीता रहेको प्रतियोगीतामा सक्सेसले शिल्ड प्राप्त गरेको छ । बिजेता टीम सक्सेसलाई भोली फागुन १५ गते परेको ३८ औँ मगर दिवसका अबसरमा नगद एक लाख ११ हजार एक सय ११ रुपैया, प्रमाण पत्र प्राप्त गर्नेछ ।

यस्तै उपबिजेता युएनबिसीले शिल्ड हात पारेको छ भने नगद ५५ हजार ५ सय ५५ रुपैया नगद, प्रमाण पत्र भोली नै मगर दिवसका अबसरमा प्रदान गर्ने कार्यक्रम रहेको छ ।

यस्तै सेमीफाइनल पुगेका बडहरा युबा क्लब र मेगा युथ क्लबलाई ५÷५ हजार प्रदान गर्ने कार्यक्रम रहेको छ । प्रतियोगीताका लागि घोराही निबासी समाजसेबी गणेशप्रसाद रोकाले प्रथम पुरस्कार सौजन्य गरेका छन । यसैगरी दोस्रो पुरस्कार निर्माण ब्यबसायी बलीभद्र रानाले सौजन्य गरेका छन ।

प्रकाशित मिति : २०७६ फाल्गुन १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *