Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


विद्यालय स्तरिय टी २० क्रिकेटको उपाधि हिमाल एकाडेमीले जित्यो



लक्ष्मण बस्नेत,
फागुन, १३ । दोस्रो डिभाईन टेम्पल ईन्टर स्कुल टी २० क्रिकेट प्रतियोगिताको उपाधि हिमाल एकाडेमी तुलसिपुरले जितेको छ । डिभाईन टेम्पल एकाडेमी तुलसीपुरको आयोजनामा फागुन ८ गतेदेखि अरनिको मैदान तुलसिपुर मा सञ्चालित प्रतियोगिता फागुन १३ गते सकिएको हो ।

मंगलबारको फाईनल खेलमा गोरखा माबि तुलसिपुरलाई ५ रनले पराजित गर्दै हिमाल एकाडेमीले उपाधि चुमेको हो । उपाधिसंगै उसले नगद ३० हजार पुरस्कार,ट्रफी,मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

उपबिजेतामा चित्त बुझाउन बाध्य भएको गोरखाले नगद १५ हजार पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो ।

२० ओभरको खेलमा टस जितेर ब्याटिङ गर्न खेल मैदान उत्रिएको हिमालले १९ दशमलव ४ ओभरको समाप्तिमा अल आउट हुँदै ७६ रन जोडेको थियो । त्यसमा प्रशान्त लामिछानेले सर्वाधिक २८ रनको योगदान गरेका थिए भने प्रकाश चलाउने ले १५ रन जोडे ।

बलिङ तर्फ गोरखाका बिमल खत्रीले ३ र प्रबिण बिकले २ विकेट लिए ।
७७ रन को बिजयी लक्ष्य पछ्याएको गोरखाले १९ दशमलव ४ ओभरमा अल आउट हुँदै ७१ रन मात्रै जोड्न सक्यो ।
त्यसमा धिरज डाँगी,अच्युत थापा र आयुस हमालले क्रमश १२, ११ र १० रन जोडे । बलिङ तर्फ हिमालका पुर्ण बहादुर वली ३, रोहन बिसी ३ र कपिल धितालले २ विकेट लिन सफल भएका थिए । खेलमा रोहन बिसी म्याच अफ द फाईनल बने ।

प्रतियोगितामा निजी सामुदायिक बिधालयका १० टिमको सहभागिता रहेको थियो ।
प्रतियोगितामा वेष्ट ब्याट्स म्यान अमर बोर्डिङ स्कुल कालाखोलाका गोपाल केसी,वेष्ट बलर अरनिको मावि तुलसिपुरका युवराज वली,म्यान अफ द सिरिज गोरखा माविका बिमल खत्री र राईजिङ प्लेयर हिमाल एकाडेमीका सुलभ आचार्य भएका छन् ।

डिभाईन टेम्पलले विध्यालय स्तरमा खेलकुदको पहुँच अभिवृद्धि गर्न तथा नव प्रतिभाहरुलाई क्रिकेट प्रति आर्कर्षित गर्न प्रतियोगिता आयोजना गरेको प्रिन्सिपल भोजराज न्यौंपानेले बताए ।

समापन समारोह डिभाईन टेम्पलका प्रिन्सिपल न्यौपानेको अध्यक्षता तथा नेशनल प्याब्सन प्रदेश न ५ का अध्यक्ष सुबोधकुमार डाँगीको प्रमुख आतिथ्यमा भएको हो ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal