२०७८ असार ९ गते बुधवार

शान्तिनगरमा राष्ट्रपति रनिङ सिल्डको उपाधि मिडवयष्टले चुम्यो


लक्ष्मण बस्नेत,
शान्तिनगर ,फागुन ११ । शान्तिनगर गाउँपालिका स्तरिय दोस्रो तथा १२औं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ को उपाधि मिडवयष्ट प्वाईन्ट खैरेनीले जितेको छ । प्रतियोगितामा १५ स्वर्ण, ८ रजत र १ कास्य पदक जित्दै साबिक बिजेता मिडवयष्ट प्वाईन्ट एकाडेमीले उपाधि चुम्न सफल भएको हो । यो संगै उसले लगातार दोस्रो पटक रनिङ शिल्ड जितेको छ ।

त्यस्तै ५ स्वर्ण, ७ रजत र २ कास्य पदक जित्दै लोकप्रिय बिद्या मन्दिरले दोस्रो स्थान हासिल गर्न सफल भएको छ । प्रतियोगितामा जनकल्याण मावि सिमसुन्दरपुर ५ स्वर्ण,३ रजत ९ कास्य पदकसहित तेस्रो र वीपी माबि बयाले ४ स्वर्ण, ५ रजत र ५ कास्य जित्दै सान्त्वना भएको छ ।

सचिवालय सदस्य खेमराज तिवारी फागुन सात गतेदेखि सुरु भएको प्रतियोगितामा निजी तथा सामुदायिक गरि १० बिधालयले प्रपितपर्धा गरेको जानकारी दिए । गाउँपालिकाको आयोजना र वीपी कोईराला नमुना मावि बयाले सिमतराको संयोजनमा बयाले सिमतारा खेल मैदानमा प्रतियोगिता भएको हो ।

प्रकाशित मिति : २०७६ फाल्गुन ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *