लक्ष्मण बस्नेत,
दाङ, फागुन ६। दङ्गिशरण गाउँपालिका स्तरिय दोस्रो तथा १२ औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ हुने भएको छ ।दङ्गिशरण गाउँपालिका को आयोजना तथा बिरेन्द्र मा.बि. हेकुली को संयोजनमा यहि फागुन १२ गते देखि रनिङ शिल्ड प्रतियोगिता हुने भएको हो ।
तीन दिन सम्म संचालन हुने प्रतियोगितामा भलिबल,कबडी, छात्र/छात्रा,ऎथ्लेटिक्स ट्रयाक तर्फ १००, २००, ४००, ८००, १५००, ३००० मिटर छात्र छात्रा दौड,१०० गुणा ४०० र ४ गुणा ४०० छात्र छात्रा रिले दौड तथा फिल्ड तर्फ हाईजम्प, लङजम्प, त्रीपलजम्प, ज्याभलिङ थ्रो र सटपुट छात्र छात्रा बिच कडा प्रतिस्पर्धा हुने दङ्गिशरण गाउँपालिका शिक्षा युवा तथा खेलकुद समिती शाखा प्रमुख बिनोद अधिकारीले जानकारी दिए ।
प्रतियोगितामा दङ्गिशरण गाउँपालिका क्षेत्र का सामुदायिक तथा निजि बिधालय को सहभागिता रहनेछ भने बिधालयमा कक्षा १२ सम्म अध्ययन गर्ने १८ बर्ष उमेर सम्मका छात्र छात्रा ले मात्र भाग लिन पाउनेछ्न् ।
यसैबिच प्रतियोगिता सयोजनको जिम्मा पाएको बिरेन्द्र माबी हेकुलीले रनिङ शिल्ड प्रतियोगिता को तयारी लाई तिब्र पारेको छ । प्रतियोगिता लाई भब्य एवं सभ्य तवर ले सम्पन्न गर्न गाउँपालिका अध्यक्ष भागी राम चौधरीको अध्यक्षता मा बसेको तयारी बैठक ले ४ सदस्यीय प्राबिधिक टिम गठन गरेको छ । जसको सदस्यमा एथलेटिक्स प्रशिक्षक पद्मा चौधरी,भलिबल सहायक प्रशिक्षक भिम बहादुर डागी,कबडी सहायक प्रशिक्षक शिव बहादुर बिक र एथलेटिक्स का रास्ट्रीय रेफ्री तथा माबी हेकुली का शिक्षक प्रदिप चन्द रहेका छन ।
त्यस्तै बैठक ले प्रतियोगितामा प्रथम,दोस्रो र तेस्रो स्थान हासिल गर्ने बिधालय लाई क्रमशः २०,१५, र १० हजार पुरस्कार राशी प्रदान गर्ने निर्णय समेत गरेको शाखा प्रमुख अधिकारीले बताए ।
प्रथम गाउँपालिका स्तरिय रनिङ शिल्ड प्रतियोगिता पुर्ण रुपमा सार्थक र परिणाममुखी बनाउन सफल भएको गाउँपालिका यतिबेला दोस्रो रनिङ शिल्ड प्रतियोगिता लाई अझ मर्यादित र भब्य बनाउन लागि परेको गाउँपालिका अध्यक्ष भागी राम चौधरीले बताए । हामी ले रनिङ शिल्ड प्रतियोगिता लाई खेलकुद महोत्सव का रुपमा लिएका छौ यो बालबालिका को सर्वाङ्गिन बिकास संग जोडिएको विषय हो त्यसैले गाउँपालिका मा रहेका ४ वटा सामुदायिक बिधालय लाई आन्तरिक तयारी का लागि सहयोग स्वरुप गाउँपालिकाले बिनियोजन गरेको एक लाख रुपैयाँ २५ हजारका दर ले प्रदान गरेको अध्यक्ष चौधरीले बताए ।