२०८२ जेष्ठ ३० गते शुक्रवार

नेपालको चौतर्फी विकासमा जापानले सघाउने

काठमाडौँ, ४ मङ्सिर । जापानले नेपालको चौतर्फी विकासमा निरन्तर सघाउने आश्वासन दिएको छ । जापानको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उहाँका समकक्षी तारो कोनोको नेतृत्वमा सोमबार टोकियोमा भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा मन्त्री कोनोले सहायताको त्यस्तो आश्वासन दिएका हुन्  ।

नेपाल सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ लक्ष्यलाई साकार पार्न जापान सरकारबाट पूर्ण सहयोग, साथ र समर्थन हुने मन्त्री कोनोले बैठकमा बताएको जापानस्थित नेपाली दूतावासले आज जनाएको छ । “सम्पर्क सञ्जाल तथा भौतिक पूर्वाधार निर्माण, गरिबी घटाउने, कृषि क्षेत्रको विकास, प्रविधि हस्तान्तरण, जलवायु परिवर्तन तथा विपद् कम गर्नेलगायत विषयमा जापानबाट सहयोग हुनेछ”, जापानका परराष्ट्रमन्त्रीको भनाइ उद्धृत गर्दै दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बैठकमा मन्त्री ज्ञवालीले नेपालले हासिल गरेको राजनीतिक उपलब्धि तथा देशको आर्थिक विकासका निम्ति सरकारले निर्धारण गरेका प्राथमिकताबारे जानकारी दिँदै कृषि क्षेत्रको आधुनिकीकरण, ऊर्जा, भौतिक पूर्वाधार निर्माण, पर्यटन तथा मानव संशाधन विकासजस्ता तिनै प्राथमिकताका क्षेत्रमा नेपालले जापानी सहयोगको अपेक्षा गरेको बताए ।

प्रकाशित मिति : २०७५ मङ्सिर ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *