तुलसीपुर, फागुन ३ । लोकप्रिय नायिका रेखा थापाले आफुले बनाउने हरेक फिल्मले समाजको अवस्था बोल्ने बताएकी छिन्। चलचित्र पत्रकार संघ नेपाल,दाङले शनिवाार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा फिल्म निर्मात्री तथा निर्देशक थापाले आफुले अभिनय तथा निर्माण गर्ने हरेक फिल्ममा महिलाको कथा वोल्ने बताइन ।
‘मेरो फिल्ममा महिलाले पुरुष बराबरकै हैसित बनाउन सक्नुपर्छ भन्ने सन्देश प्रवाह भएको छ,’ उनले भनिन् ‘देशका हरेक महिलालाई सशक्त बनाउने खालका मेरा फिल्म छन् । वास्तवमा मेरा फिल्म फिल्म मात्रै नभए समाज परिवर्तनको अभियान हुनु।’
चलचित्र पत्रकार संघ दाङका अध्यक्ष शिव पुनको अध्यक्षतामा भएको कार्यक्रममा नायिका थापाले फिल्म क्षेत्रमा पनि अनुभवको आवश्यकता पर्ने बताइन ।
अरु क्षेत्रमा काम गर्दा जसरी अनुभव भएकालाई पहिलो प्राथमिकता दिइन्छ त्यसरी नै फिल्म क्षेत्रमा पनि अनुभवीलाई स्थान दिइयो भने नेपाली सिनेमाले फड्को मार्न उनको तर्क थियो । उनले नेकपाका अध्यक्ष प्रचण्ड संग नाचेर राजनीतिमा चर्चा बटुलेको भएपनि गिरिजाप्रशाद कोईरालासंग भेटहुँदा राजनीतिमा लाग्ने हौसला मिलेको बताइन ।
रेखाले आफुमा हाल रिक्त रहेको चलचित्र विकाश बोर्डको अध्यक्ष बन्ने कुनैपनि अभिलासा नभएको स्पष्ट पारिन । चलचित्र पत्रकार संघ दाङका पूर्व अध्यक्ष ध्रुवराज न्यौपानेले स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण उपाध्यक्ष सन्तोष केसीले गरेका हुन ।