Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


गोरखा माविमा खेल सप्ताहको समापन



यमकला भुसाल,
तुलसीपुर, फागुन २ ।गोरखा माविले तुलसीपुरले आयोजना गरेको साताव्यापी खेल सप्ताह कार्यक्रम शुक्रवार समापन भएको छ । संस्थाका अध्यक्ष मानबहादुर बुढाको अध्यक्षतामा समापन कार्यक्रम भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष डिल्लीबहादुर डाँगीले देशको समृद्धि नै अब खेलकुद क्षेत्रले निर्धारण गर्ने बताए । स्वास्थ्य र समृद्धिको सुचक खेलकुद भएको भन्दै उनले यसको विकासमा कन्जुसाई नगर्न राज्यलाई आग्रह गरे ।

कार्यक्रममा विद्यमलयका सल्लाहाकार राप्ती बबई क्याम्पसका अध्यक्ष विष्णुकुमार देवकोटा,१९ नं बाहिनीका मेजर युवराज खत्री,ईलाका प्रहरी कार्यालयका डिएसपी हरिहरनाथ योगी, साहित्यकार तथा राष्ट्रिय परिक्षा बोर्ड प्रदेश नं. ३ का प्रदेश प्रमुख जयन्ती सत्याल लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा एथलेटिक्स तर्फका ट्रयाक तथा फिल्ड, म्याराथन दौड,छात्र फुटबल, क्रिकेट, स्लो बाईक रेसहरु भएका थिए । जुनियर तर्फका विभिन्न बिधामा प्रथम,दोस्रो र तृतिय स्थान हासिल गर्ने छात्र र छात्रालाई पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमको सहजिकरण विद्यालयका शिक्षक कमल भण्डारीले गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal