२०८२ असार २४ गते बुधवार

आंशिक प्राध्यापकद्धारा अनिश्चितलिन कक्षा बहिष्कार

लिलाधर वली,
दाङ, फागुन १। महेन्द्र बहुमुखी क्याम्पस घोराही दाङमा प्राध्यापनरत आंशिक प्राध्यापकहरुले अनिश्चितकालिन कक्षा बहिष्कार गरेका छन । आंशिक प्राध्यापकहरुको लामो समयदेखि अल्झिरहेको समस्या समाधान गर्न पटक पटक गरिएका अनुरोध तथा मागहरुको कुनै पनि संम्वोधन नभएको भन्दै आंशिक प्राध्यापकहरुले फागुन १ गतेदेखि अनिश्चितकालिन रुपमा कक्षा बहिष्कार गरेको आंशिक प्राध्यापक संघ संघर्ष समिति महेन्द्र बहुमुखी क्याम्पस घोराहीका अध्यक्ष बालकृष्ण डाँगीले जानकारी दिएका छन ।

आंशिक प्राध्यापकहरुको मागको न्यायोचित संम्वोधनकालागि पटक पटक क्याम्पस प्रशासन समक्ष डेलिगेसन जाने, ज्ञापन पत्र बुझाउने कार्य भैसक्दा पनि उपयुक्त समाधान नभएका कारण आफुहरु बाध्य भएर संघर्षमा जानु परेको डाँगीले बताए ।

साथै यसबाट विद्यार्थी र क्याम्पस प्रशासनप्रति पर्न गएको अप्ठेरोप्रति दुख व्यक्त गरिएको छ । साथै संघले आंशिक प्राध्यापकहरुको आन्दोलनको कार्यक्रममा ऐक्यबद्धता जनाईििदन सवैसँग अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति : २०७६ फाल्गुन १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *