२०८१ असोज २४ गते बिहिवार

घोराहीमा तरुण दलको प्रदर्शन


घोराही,माघ २६ । नेपाल तरुण दाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय विरुद्ध आइतवार घोराहीमा प्रर्दशन गरेको छ । बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा आफ्ना नेता विजयकुमार गच्छदारलाई पक्षपात गर्दै फसाउन खोजेको भन्दै तरुण दलले विरोध प्रदर्शन गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेल, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल लगाएका नेतालाई उन्मुक्ति दिने तर आफ्ना नेता गच्छदारलाई सत्ताकै आडमा फसाउन खोजेको हुँदा न्यायका लागि प्रदर्शन गर्नु परेको तरुण दल दाङका अध्यक्ष टिका घर्तीले जानकारी दिए ।

‘राजनीतिक प्रतिसोधकै कारण कांग्रेस नेता गच्छदारलाई फसाउन खोजेको स्पष्ट भइसकेको छ,’ अध्यक्ष घर्तीले भने ‘नेकपाका महासचिव पौडेललाई भने जग्गा फिर्ता गर्ने बाहानामा उनमुक्ति दिएको छ । त्यही अन्याएका विरुद्धमा हामीले पर्दशन गर्नु परेको हो ।’

नेपाल तरुण दलका उपाध्यक्ष मुक्तिप्रसाद न्यौपाने र नेपाल विद्यार्थी संघका तिलक रावतले आयोगले लगाएको भ्रष्टाचारको मुद्दाले आयोग नेकपाको प्रभावमा परेको स्पष्ट भइसकेको बताए ।

तरुण दल दाङका अध्यक्ष टिका घर्तिको नेतृत्वमा भएको विरोध प्रदर्शनमा ‘अख्तियार दुरुपयोग अनुसन्धान मुर्दावाद, अधिनायकबाद उन्मुख सरकार मुर्दावाद, वालुवाटार जग्गा प्रकरण निष्पक्ष छानविन गर, भन्ने जस्ता नाराहरु लगाइएका थिए । घोराहीस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयवाट विरोध र्याली सुरु भएको थियो । र्यालीले वजारको परिक्रमा गरेर तुलसीपुर चोकमा कोण सभा गरेको हो ।

प्रकाशित मिति : २०७६ माघ २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *