घोराही, माघ २६ । नेपालका प्रथम सहिद लखन थापा मगर रनिङ शिल्ड फुटबल प्रतियोगितामा १६ क्लबले प्रतिष्पर्धा गर्ने भएका छन् । नेपाल मगर संघ दाङको आयोजनामा आगामी फागुन २ देखि १५ गतेसम्म घोराही उपमहानगरपालिका वडा नं. १८ नवलपुर खेल मैदानमा प्रतियोगिता हुने भएको छ ।
जसमा बडहरा युबा क्लब, चौघेरा युबा क्लब, रतनपुर ११, बुद्ध स्पोर्ट, सक्सेस क्लब, युएनबिसी, मेघा युथ क्लब, बबई एफए क्लब, घोराही एफए क्लब, फुर्सेखाली एफसी क्लब, फुर्सेखाली युवा क्लब, राप्ती क्लब, ग्रिननभ्याली क्लब, न्यूस्टार फुटबल एकाडेमी, दाङ युबा मञ्च र नवलपुर युबा क्लबले प्रतिष्पर्धा गर्ने टुङ्गो लागेको खेल संयोजक प्रेम बुढा मगरले जानकारी दिएका छन् ।
प्रतियोगितामा एउटा क्लबले दाङ बाहेक प्रदेश ५ भित्रका दुई जना खेलाडी सहभागी गराउन पाउने नियम बनाइएको छ । प्रथम हुने क्लवले १ लाख ११ हजार १ सय ११ रुपैंया र दृतिय हुने टोलिलाई ५५ हजार ५ सय ५५ रुपैंया नगदसहित शिल्ड प्रदन गरिने छ । जिल्लामा हुने प्रतियोगिता मध्य सर्वाधिक पुरस्कार रासीको यो नै फूटवल प्रतियोगिता हो । गतबर्ष बडहरा युबा क्लबले उपाधि जितेको थियो ।