२०८१ असोज २९ गते मङ्गलवार

उद्योग वाणिज्य सघंले व्यवसायीको हक हितका लागी काम गर्नुपर्छ : बञ्जाडे

तस्बिर : सुरेस भट्टराई ।

यमकला भुसाल,
तुलसीपुर,२५ माघ । नेपाल उद्योग वाणिज्य महासंघ ५ नं. प्रदेश उपाध्यक्ष हेमराज बञ्जाडेले उद्योग वाणिज्य सघंले व्यवसायीहरुको हक,हित र प्रर्बद्धनका लागी काम गर्नुपर्ने बताएका छन । बिजौरी उद्योग वाणिज्य सघंको शनिवार भएको सातौँ साधारण सभा एवं तेस्रो अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बञ्जाडेले यस्तो बताएका हुन । उनले भने,– उद्योग वाणिज्य सघंले सम्रग व्यवसायीको हितका लागी काम गर्नुपर्छ,र व्यवसायीका हक हितका पक्षमा उभिन सक्नुपर्छ ।

उद्योग वाणिज्य संघ सधैभरी सरकारसगं हातेमालो गर्दै अगाडी बढिरहेको बताउदैै बञ्जाडेले देशको आर्थिक विकास र सबृद्धीका लागी उद्योग व्यवसायीहरुको उल्लेखीय भुमिका रहेको पनि बताए । साथै उनले आर्थिक सबृद्धिका लागी उद्योग व्यवसायीलाई एकजुट भई व्यवसायमा लाग्न आग्रह समेत गरे ।

बिजौरी उद्योग वाणिज्य सघंका अध्यक्ष मुक्तबहादुर वलि (मुकेश)को अध्यक्षतामा भएको कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका निमित्त कुलसचिव माधव अधिकारी,तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य देवराज विश्कर्मा,कार्यपालिका सदस्य अमर नेपाली,दाङ जिल्ला उद्योग वाणिज्य सघंका पुर्व उपाध्यक्ष ओपेन्द्र महतरा,निवर्तमान सदस्य रामप्रसाद पोख्रेल,नेपाली कांग्रेस बिजौरीका इकार्य सचिव रविराज गौतम लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सहजीकरण महासचिव बिरेन्द्र खड्का र सदस्य बिदुरराज गौतमले गरेका थिए । साथै सो अवसरमा विभिन्न व्यक्तीहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २०७६ माघ २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *