२०८२ असार २७ गते शनिवार

विश्व रेडियो दिवशको अवसरमा भोलि घोराहीमा सम्मेलन

 


तुलसीपुर,माघ २४ । विश्व रेडियो दिवसको पूर्व सन्ध्यामा भोलि (शनिवार) घोराहीमा रेडियोहरुको सम्मेलन हुने भएको छ । पहिचान, विभिदता र रेडियो भन्ने सन्देदशका साथ यसपटक विश्व रेडियो दिवस मनाउने तयारी गरिएको छ । हरेक फेब्रबरी १३ तारिखका दिन विश्व रेडियो दिवस मनाउँदै आइएको छ ।

९औं विश्व रेडियो दिवसको अवसरमा भोलि अकोर्यावको प्रदेश नं. ५ समितिले घोराहीमा कार्यक्रम गर्न लागेको अकोर्यावको प्रदेश अध्यक्ष केपी घिमिरेले जानकारी दिए ।

दिवसको अवसरमा घोराहीमा प्रदेशका झन्डै १०० बढी सामुदायिक रेडियोहरुको सहभागितामा रहने उनले बताए ।

सम्मेलनलाई सम्बोधन गर्न मुख्य मन्त्री शंकर पोखरलेर आउने भएका छन् । सामुदायिक रेडियो प्रशारक संघका बरिष्ठ उपाध्यक्ष अजर्नु गिरीले सामुदायिक रेडियोहरुले समुदायमा खेलेको भूमिका अतुलनिय रहेको भएपनि परिवर्तित अवस्थामा चुनौतिपनि थपिदै गएको तर्क गरे ।

नयाँ नयाँ प्रविधिको विकाशले स्रोतको चाहाना पनि परिवर्तन हुँदै जान थालेको हुँदा केही चुनौतिहरु थपिदै गएको भएपनि हालसालै रेडियोको विकल्प नरहेको उनले बताए ।

 

प्रकाशित मिति : २०७६ माघ २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *