२०८१ असोज २९ गते मङ्गलवार

तुलसीपुर महोत्सवको समापन


तुलसीपुर, माघ २१ । माघ १० गतेदेखि सुरु भएको तुलसीपुर महोत्सवको मंगलवार समापन गरिएको छ । समापन कार्यक्रमलाई सम्वोधन गर्दै तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले महोत्सव सफल भएको बताए ।

‘घुम्न जाँउ तु्लसीपुर’संग जोडिएको महोत्सवले आन्तरिक पर्यटन प्रवद्र्धनमा भूमिका खेलेको उनले बताए ।

महोत्सव भ्रमण बर्ष २०२० संग जोडिएको हुँदा तुलसीपुरले त्यो सफल पार्न अघि सारेका ८४ वटा कार्यक्रम मधय एउटा तुलसीपुर महोत्सव रहेको जानकारी दिए ।

महोत्सव आयोजक संस्था तुलसीपुर उद्योग वाणिज्य संघले निर्माण गरेको सभाहलको बाँकी रकम भुक्तानी गर्नुपर्ने भएको हुँदा त्यसको जोहो गर्न महोत्सव लगाएको थियो । संघका अध्यक्ष विरबहादुर सावतले महोत्सव सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

उनले महोत्सवको आयव्यय केही दिनमा सार्वजनिक गरिने बताए । समापन कार्यक्रम महोत्सव मुल आयोजक समितिका अध्यक्ष रावतको अध्यक्षता र मेयर पाण्डेको प्रमुख आथित्यमा भएको हो । अन्तिम दिन पनि विभिन्न कलाकारहरुले प्रस्तुतिहरु राखेका थिए । गायिका आश्था रावतको गीतमा दर्शकहरुले मनोरञ्जन लिएका थिए ।

प्रकाशित मिति : २०७६ माघ २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *